कुखुराको मासुको मनपरी भाउ, खुद्रामा किलोमै ७५ रुपैयाँ महँगो

0
Shares

काठमाडौं उपत्यकाका खुद्रा मासु पसलहरुले कुखुराको मासुको मनपरी मूल्य लिने गरेको पाइएको छ ।

निषेधाज्ञामा सरकारी अनुगमन नहुँदाको मौका छोपेर खुद्रा मासु पसलहरुले होलसेललमा भन्दा एक किलो मासुमा झण्डै ७५ रुपैयाँसम्म बढी मूल्य लिने गरेको उपभोक्ताहरुको गुनासो छ।

काठमाडौं उपत्यकाका खुद्रा पसलहरुले कुखुराको तयारी मासु प्रतिकेजी चार सय रुपैयाँदेखि चार सय २५ रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । यता राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भने तयारी ब्रोईलर मासुको अधिकतम् बिक्री मूल्य ३५० रुपैयाँ तोकेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारबाट लागू हुनेगरी जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकेजी २५० रुपैयाँ तथा उपभोक्ता तयारी मासुको मूल्य ३५० रुपैयाँ तोकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।