भारतबाट अवैध रुपमा ल्याउदै गरेको सुनचाँदी जस्तो देखिने धातुसहित दुई पक्राउ

0
Shares

नेपाल प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको सुनचाँदी जस्तो देखिने धातु सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गैडहवा गाउँपालिका–६ बस्ने ४२ वर्षीय कृष्ण कुमार सुनार सहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले लु.३५ प ३०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा ल्याउँदै ४ सय ४० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ८ किलो ३ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।