एशियन लाइफको १ लाख ६६ हजार कित्ता संस्थापक शेयर लिलामीमा

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) ले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्रीमा ल्याएको छ ।

बैंकले बुधबारदेखि वैशाख २६ गते आइतबारदेखि उक्त संस्थापक शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो ।

उक्त शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य ६९८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

लिलामी शेयर खरीदका लागि विद्यमान शेयरधनीका साथै जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा जेठ ९ गतेसम्म पेश आवेदन गर्नुपर्नेछ ।

न्यूनतम मूल्यमा शेयर बिक्री गर्दा पनि बैंकले उक्त लिलामीबाट १० करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार  १७ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।