यात्रु ठग्ने काउन्टरका कर्मचारी धमाधम पक्राउ गर्दै ट्राफिक प्रहरी

0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष टोलिले यात्रु ठगि गर्ने सात जनालाई पक्राउ गरेको छ ।

टोलिले तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरीका ५३ वर्षिय मनु अर्याल र उनकै छोरा ३० वर्षिय अनु अर्याल नारायणी यातायात काउण्टरका हेटौडाका ३८ बर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने ४४ वर्षका बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौंका ४९ बर्षे ज्ञानेन्द्र साह समेत रहेका छन् ।

उनीहरुले धनुषा, महोत्तरी र बिरगंज जाने यात्रुहरु संकलन गरि प्रति ब्यक्ति पच्चीस सय देखि तीन हजारसम्म भाडा लिने गरेको पाइएको प्रहरीले जनाएको छ । जुन तोकिएको भन्दातीन गुणा बढी हो।

पक्राउ परेका पाँचै जनालाई आबश्यक कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरि गंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग छ हजारका दरले भाडा लिने काउन्टरका कर्मचारी पनि आज पक्राउ परेका छन् ।

पक्राउपर्नेमा रुकुम पश्चिम यातायात प्रा.ली.का कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागिराम छिनाल रहेका छन् । उनीहरुलाई थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढि भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम वढेको देखिन्छ । निषेधाज्ञा लागु भएपछि अत्याबश्यक काम बिशेष र बिदेशबाट आएकाहरुसँग आफुखुशी बढि भाडा लिने १६ जनालाई पक्राउ गरि महाशाखाले कारबाहि गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ बैशाख २०७८, शनिबार  २० : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।