राष्ट्रिय वाणिज्य बैंकलाई साढे दुई अर्बको ऋणपत्र बिक्री गर्न अनुमति

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साढे दुई अर्बको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।

बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘६ वर्ष, ८.५ प्रतिशत आरबिबिएल डिबेन्चर, २०८३’ बिक्री गर्नका लागि बोर्डबाट बैशाख २२ गते बुधबार बोर्डबाट अनुमति पाएको बैंकले जनाएको छ ।

यसअनुसार बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये बैंकले व्यक्तिगत तवरबाट १५ लाख कित्ता बिक्री गर्नेछ भने १० लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकले उक्त ऋणपत्र निष्काशनको अनुमति माग गर्दै २०७७ पुस १२ गते बोर्डमा निवेदन दिएको थियो । अनुमतिका लागि निवेदन पेश गरेको साढे ४ महिनामा बैंकले अनुमति पाएको हो ।

बैंकले निष्काशन गर्ने ६ वर्ष अवधिको उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।