लगानीकर्ताको मनोबल जाग्दा दोस्रो दिनपनि नेप्सेको वृद्धि कायमै, ५ कम्पनीको मूल्यमा सर्किट

0
Shares


दोस्रो साताको निषेधाज्ञाका बीच शेयर बजारमा मंगलबार पनि नेप्सेमा २७.४७ अंकको उच्च वृद्धि देखिएको छ ।

लगानीका अन्य क्षेत्रमा आएको संकुचन र पछिल्लो सातामा मात्रै वाणिज्य बैंकमा १० अर्बले निक्षेप बढेपछि साताको तेस्रो कारोबार दिन मंगलबारको बजारमा लगानीको एकमात्र सहज क्षेत्र शेयर बजारमा रौनकता बढेको हो ।

मंगलबारको बजारमा पनि कारोबारमा आएका सबै समुहको सूचक उकालो लागेपछि नेप्सेमा वृद्धि सहज भएको हो । ब्यापार सूचक सर्वाधिक ५.७९ प्रतिशतलेृ बढेको मंगलबारको बजारमा अन्य २.५३ र उत्पादनमूलक सूचक २.४२ प्रतिशतले बढेको छ । यस्तै जीवन बीमा १.५६, लगानी १.५१, वित्त १.३९, निर्जीवन बीमा १.३१ र लघुवित्तको सूचक पनि १.२० प्रतिशतले बढेको छ । बैंकिङ्ग, होटल तथा टुरिजम्, विकास बैंक, जलविद्युत, र म्युचुअल फण्डको सूचक १ प्रतिशतभन्दा कम बढेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक १.०४ प्रतिशत अर्थात २७.४७ अंकले बढेर २ हजार ६७३ दशमलव ३१ अंकमा पुगेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ परिसूचक ३.१२ अंकले बढेर ४७८.२४ अंकमा बन्द भएको छ ।

आज कूल २२० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर ६२ हजार ६५९ पटक खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ पुगेको छ । सोमबार ४ अर्ब ५ करोडको कारोबार भएकोमा मंगलबार कारोबार रकम १ अर्ब ६० करोड रुपैयाँले बढेको हो ।

नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

मंगलबार नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ६५ लाख रुपैयाँको शेयर खरीद बिक्रीमा आएको छ । अपि पावर २० करोड २३ लाख, शिवम् सिोन्ट १६ करोड २२ लाख, र एचआईडिसिएलको १५ करोढ ९७ लाख रुपैयाँको शेयर कारोबारमा आयो ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रो, नबिल बैंक, निफ्रा, राष्ट्रिय बीमा कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको साल्ट ट्रेडिङको १० करोड ५२ लाखको कारोबार भएको छ ।

पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट, बिशाल बजारमा ऋणात्मक

मंगलबारको बजारमा पाँच कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले मनग्य नाफा आर्जन गरेका छन् ।

यसदिनको बजारबाट बोटलर्स नेपाल (तराई), रूरू जलविद्युत परियोजना कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट र समता लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर सकारात्मक सर्किट लागेको हो ।

यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, युनिभर्सल पावर कम्पनी र रिडी हाइड्रोपावरको शेयरमूल्य पनि ५.८४ प्रतिशत भन्दा धेरैले बढेको छ ।

उता यसदिनको बजारबाट विशाल बजार कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरको मूल्य १० प्रतिशत अर्थात ५४४ रुपैयाँले घटेर ४ हजार ८९७ रुपैयाँमा झरेको छ ।

लिबर्टी इनर्जी, बरूण हाइड्रोपावर, ग्लोबल आइएमई समुन्नत योजना १, पाँचथर पावर, सिटिजन्स म्युचुअल फण्ड १, हिमालयन जनरल इन्स्योरेन्स र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि १ प्रतिशतदेखि २.९९ प्रतिशतसम्म घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २८ बैशाख २०७८, मंगलबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।