चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आइपुग्यो नेपाल एयरलायन्स

0
Shares

चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री लिएर नेपाल बायु सेवा निगमको जहाज काठमाडौं आइपुगेको छ ।

अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान केहीबेर अगाडि काठमाडौं अवतरण गरेको हो ।

वायुसेवा निगमको ए ३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ बैशाख २०७८, मंगलबार  १७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।