कोभिड : थप ९४८३ जनामा कोरोना सङ्क्रमण, २२५ जनाको मृत्यु

0
Shares

नेपालमा गत २४ घण्टामा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले थप २२५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मङ्गलवार पुष्टि गरेको छ। तीमध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो। एक दिन पुष्टि गरिएको र २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै सङ्ख्या हालसम्मकै उच्च हो।

पीसीआर विधि र एन्टिजन विधिबाट २१,३१६ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। चौबीस घण्टाको अवधिमा ५,२२५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ९७ हजारभन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। कुल सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ।

तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक भएको सरकारको तथ्याङ्कले देखाउँछ। काठमाण्डूमा २,७८८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ५३७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

दुई सय भन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापामा २६४, मोरङमा ३५०, कास्कीमा ३७०, दाङमा २६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९, सुर्खेतमा २६४ र कैलालीमा २९५ छ।

नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार ८४ पुगेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ बैशाख २०७८, मंगलबार  १८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।