उद्योग परिसंघद्वारा सरकारलाई २ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

0
Shares

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ करोड मूल्य बराबरको स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको छ । परिसंघले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी समक्ष २ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

परिसंघले आफ्नो सदस्य संस्था होङ्शी-शीभम सिमेन्ट मार्फत उक्त सहयोग गरेको हो । सहयोग स्वास्थ्य सामग्रीमा ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर रहेको छ ।

उक्त सामाग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामाग्रिहरुले अक्सिजन शिलिन्डरको विकल्पका रुपमा राहत हुने बताए ।

त्यस्तै सामाग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसंगै रहेको बताए ।

राष्ट्रको संकटका वेला अत्यावश्यक सामाग्रि उपलब्ध गराई सहयोग पुर्‍याएकोमा परिसंघले होङ्शी-शीभम सिमेन्टलाई धन्यवाद दिएको छ ।

कोभिड–१९ को दोश्रो लहरसंगै देशका अधिकांश स्थानहरुमा निशेधाज्ञा जारी भएको अवस्था छ । दिन प्रति दिन विरामीहरुको चाप बढ्दै गईरहेको छ । अस्पतालहरुमा बेडको चरम अभाव देखा पर्दै गएको छ ।

त्यस्तै कोभिडका विरामीहरुलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन शिलिन्डरको समेत अभाव भई रहेको अवस्था छ । यस्तो आपतकालीन परिस्थितिसंग जुध्न परिसंघले यस अघि नै उद्योगहरुमा रहेको अक्सिजन सिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सवैलाई आह्वान समेत गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।