मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

मेरो माइक्रोफाइनान्स (MEROPO) को ६२ हजार ३८८ कित्ता कित्ता संस्थापक शेयरको लिलामीमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ ।

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको ६२ हजार ३८८ कित्ता कित्ता संस्थापक शेयर बैशाख २३ गतेदेखि लिलामीमा ल्याएको थियो ।

इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज कार्यालय समयभित्र उक्त शेयरमा आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

लिलामी संस्थापक शेयरको न्यूनतम मूल्य ५७६ रुपैयाँ तोकिएकाले लगानीकर्ताले उक्त न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतम सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।