तोकिएको भन्दा दोब्बर भाडा लिएर यात्रु ठग्ने दुईजना पक्राउ

0
Shares

महानगरिय ट्राफिक प्रहरी महाशाखाको विशेष टोलिले यात्रुसँग तोकिएको भन्दा दोब्बर बढि भाडा लिने २ जनालाई कलंकी र गंगबु बसपार्कबाट पक्राउ गरको छ।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षिया हृदय नारायण साह र गंगबुबाट बर्दियाका ३५ बर्षिया कृष्ण चौधरी रहेका छन।

साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तिन गुणासम्म बढि भाडा लिएका थिए । त्यस्तै गंगबुबाट वसपार्कबाट पक्राउ परेका कृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ ।

पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखी तिन हजारसम्म लिने गरेका थिए । उनले ना ७ ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढि भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानीमा राख्दै २१ गतेबाट हालसम्म महाशाखाले २८ जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएकोे छ ।

निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।