सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा १ अर्ब ६८ करोड १० लाख ४३ हजार ४७१ रुपैयाँले घटेको छ ।
चलु आव २०७७/७८ को त्रैस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार ९०९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आव २०७६/७७ को त्रैस्रो त्रैमाससम्ममा ७ अर्ब ५६ कारोड ५५ लाख १५ हजार ३८० रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा २२.२२ प्रतिशतले घटेको हो ।
नेपाल टेलिकमले कोभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो वर्षको तुलनामा चालु आ.व. मा घट्न जाँदा व्याज आम्दानीमा कमी आएको कारण नाफा घटेको जनाएको छ ।
चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी ६७.२५ रुपैयाँबाटघटेर ५२.३६ रुपैयाँमा झरेको छ। यस्तै जगेडा कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ रहँदा प्रतिशेयर नेटवर्थ ६५३.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५ गुणा छ ।
.jpg)
कम्पनीले गत आवको त्रेस्रो त्रैमासको तुलनामा १० प्रतिशतले लगानी बढाएर ६१ अर्ब ८६ करोड रुपैयाँ गरेको छ भने सञ्चालन तथा मर्मत खर्च बढेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा यस्तो खर्च १३ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी टेलिकमको गत आ.व. को त्रैस्रो त्रैमासिक सम्मको कुल आय ३२ अर्ब २७ करोड २३ लाख २३ हजार ४६ रुपैयाँ रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७३ हजार ९३७ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आय ५९ करोड ८५ लाख ४९ हजार रुपैयाँले घटेको हो ।
चालु आ.व. को प्रथम त्रैमासमा कम्पनीले सेवा वापतको आय ८ अर्ब ६३ करोड ५३ लाख र द्वित्तीय त्रैमासिक ९ अर्ब ०८ करोड ९५ लाख रुपैयाँ आर्जन गरेकोमा तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय द्वितीय त्रैमासिकको भन्दा ७ प्रतिशत (६३ करोड ६८ लाख ६६ हजार रुपैयाँ) ले बढेर ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार पुगेको छ ।
कम्पनीले गत आ.व. को तृतीय त्रैमासिक सम्मको कुल सेवा वापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २७२ रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल सेवा वापतको आयमा २.२९ प्रतिशतले वृद्धि भई २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार ९६१ रुपैयाँ रहेको छ ।
कम्पनीले चालु आवको प्रथम त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३८१ खुद मुनाफा आर्जन गरेकोमा द्वितीय त्रैमासिकमा १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ खुद मुनाफा गरेको थियो । त्रैस्रो त्रैमासमा कम्पनीले द्वितीय त्रैमासिकको भन्दा ८२ करोड ३४ लाख ५२ हजार ३७० रुपैयाँले वृद्धि गर्दै २ अर्ब ५९ करोड ५० लाख ७७ हजार ४४९ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
यसैगरी नेपाल टेलिकमले कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलव्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डेटाको खपत बढे तापनि राजश्व आशातित रुपमा वृद्धि हुने अवस्था नरहेको औंल्याएको छ ।
अनम्दानी घट्ने अन्य कारणहरुमा कोभिड १९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटिटिको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको जनाइएको छ ।
समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोरजी एफटिटिएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया