
मध्यपूर्वका गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पठाएका ५६० अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष पन्तले कोरोना महामारीले आक्रान्त नेपालमा अक्सिजन र अरू उपचार सामग्रीको चरम अभावका बेला आजको सहयोग यो सानो मात्र रहेको बताउँदै अझै ठूलो सहयोगको खाँचो औंल्याए । संकटको यस घडीमा मातृभूमिका निम्ति संसारभरका नेपालीले फेरि हातेमालो गर्नुपर्ने बताउँदै उनले आआफ्नो ठाउँबाट सकेको योगदानका निम्ति जुट्न सबैमा अनुरोध गरेका छन् ।
कोरोना संममणको दोस्रो लहरले धेरै नेपालीको ज्यान जान थालेपछि गैर आवासीय नेपाली ( मध्यपूर्व) ले अक्सिजनको संकट टार्न ५६० अक्सिजन सिलिण्डर जन्मभुमि पठाएका हुन् ।
एनआरएनएले प्राप्त ५६० अक्सिजन हस्तान्तरण गर्दै पाँच वटा प्रदेशमा पठाउन आग्रह गरेको छ । सिलिण्डरमध्ये सुदूरपश्चिममा १००, कर्णालीमा १००, लुम्बिनीमा २००, प्रदेश २ मा ८५ र गण्डकीमा ७५ ओटा अक्सिजन सिलिण्डर पठाउन स्वास्थ्यमन्त्रीलाई आग्रह गरिएको छ ।
एनआरएनएले अहिले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान समेत सञ्चालन गरिरहेको छ ।
एनआरएनएका अध्यक्ष पन्तले एनआरएनएले छिट्टै ६७० अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया