महामारीमा मौकाको फाइदा लुट्दै बढी भाडा लिने २ एम्बुलेन्स चालक पक्राउ

0
Shares

नेपाल प्रहरीले तोकिएको दर भन्दा बढी भाडा असुली गरेको  अभियोगमा २ जना एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

कोरोना भाइरस संक्रमणको महामारीका बीच जाारी निषेधाज्ञाको समयमा मौकाको फाइदा लुट्ने ती चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले बहुदरमाई–९ विश्रामपुरका ३५ वर्षीय कमरुदिन रायभर र विन्दवासिनी गाउँपालिका–१ का २२ वर्षीय वीरबल मुखियालाई पक्राउ गरेको हो ।

उनीहरुलाई वीरगंज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

कोभिड–१९ संक्रमणको विषम परिस्थीतीमा संक्रमित व्यक्ति तथा उक्त संक्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुलाई ना.२ च ३२५६ र ना.३ च ८१९९ नम्बरका २ वटा एम्बुलेन्ससहित पक्राउ गरेको हो । उनीहरु उपर कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।