इन्धनको मूल्य बढ्यो, पेट्रोलको भाउ प्रतिलिटर १२३ रुपैयाँ पुग्यो

0
Shares

नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको भाउ प्रतिलिटर २-२ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ रुपैयाँ कायम भएको छ ।

आयल निगमले खाना पकाउने एलपी ग्याँस र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने स्थररि रहेको जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा अझै १ अर्ब १० करोड रूपैयाँ नोक्सानी रहेको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार  २१ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।