
नेपालमा गत २४ घण्टामा थप ९ हजार २४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट २१ हजार ६५३ जनामा पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १९८ मा पोजेटिभ देखिएको र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २१४ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।
सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा १ हजार २५९ जना र भेन्टिलेटरमा ४०० जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७६७ संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया