सुनचाँदीको भाउमा निरन्तर वृद्धि, सुन तोलाकै ९३ हजार ४०० रुपैयाँ पुग्यो

0
Shares


यो साताको सुरुवातदेखि नै सुन चाँदीको भाउमा निरन्तर वृद्धि देखिएको छ ।

साताको पहिलो दिन आइतबारदेखि नै बढ्न थालेको सुनको भाउमा मंगगलबार आइपुग्दा १ हजार ८०० रुपैयाँले बढेर तोलाको ९३ हजार ४०० पुगेको हो । यस्तै चाँदीको भाउमा पनि बढोत्तरी हुँदै १ हजार ३९० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन एकैदिन तोलाको ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापवाला सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ, तेजाववी ९२ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३९० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ३०० र चाँदी तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको भाउ तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको थियो ।

त्यसअघि आइतबार सुनजको भाउ तोलाको ९०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले बढेर कारोबार भएको थियो । आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार र चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

पछिल्लो तीन दिनमा मात्रै सुनको भाउ १ हजार ८०० रुपैयाँले महङ्गिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।