
रुरु जलविद्युत परियोजनाको शेयरमूल्य बढेर मंगलबार एक हजार रुपैयाँभन्दा माथि पुगेको छ ।
बैशाख २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको शेयर १२ औं कारोबार दिनसम्म निरन्तर बढेर १ हजार ६४ रुपैयाँ पुगेको हो । यसबीचमा कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लागेर बढिरहेको छ ।
बैशाख २० गते पहिलो दिन प्रतिकित्ता ३५६ मा शेयर कारोबार सुरु भएको यस कम्पनीको शेयरमूल्य यसबीचमा ७०८ रुपैयाँले बढेको हो । जुन सुरुवातको तुलनामा १९८.८८ प्रतिशत हुन आउँछ ।
मंगलबार पनि कम्पनीको शेयरको माग उच्च रहेको छ । मंगलबार पनि कम्पनीको शेयर खरीदका लागि आक्रामक माग छ । बजार खुलेको आधा घण्टामा १५३ वटा अर्डर मार्फत १ लाख २२ हजार ४५१ कित्ताको माग रहेको छ । मंगलबार मात्रै कम्पनीको शेयर ९६ रुपैयाँले बढेर १ हजार ६४ रुपैयाँ पुगेको हो । सर्किट मूल्यमा नै उच्च माग हुनुले कम्पनीको आपूर्ति कम हुनाले शेयरमूल्य उच्च हुँदा जोखिम बढेको छ ।
.jpg)
प्राथमिक बजारमा नै अंकित मूल्यमा २० रुपैयाँ प्रिमियममा आईपीओ जारी गरेको कम्पनीको शेयर पाउने लगानीकर्ताको संख्या ज्यादै न्यून छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको शेयर ३७ हजार ९१६ जनाले मात्र पाएका छन् । जसमध्ये ३७ हजार ९०९ जनाले १० कित्ताकार दरले र ७ जनाले ११ कित्ता शेयर पाएका थिए ।
कम्पनीले कम्पनीले चैत्र २० गतेदेखि २४ गतेसम्म जारी गरेको कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयरमध्ये कर्मचारी र म्युचुअल फण्डका कर्मचारीलाई छुट्टाएर ३ लाख ७९ हजार १६७ कित्ता शेयर बैशाख ३ गतेृ शुक्रबार सर्वसाधारणमा बाँडफाँड भएको थियो । सामुहिक लगानी कोषलाई २० हजार ३८५ कित्ता र कम्पनीका कर्मचारीलाई ८ हजार १५४ कित्ता छुट्याइएको थियो ।
कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम बैशाख १९ गते आइतबार ४० लाख ७७ हजार ५५ कित्ता कित्ता शेयर नेप्सेमा कारोबार हुनसक्ने गरी सूचीकृत गरेको थियो ।
कम्पनीले सन् २०१५ को मार्चदेखि हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन गरि सञ्चालन गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया