नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुँदा ३४ कम्पनीको शेयरमा लगानी गर्ने भए मालामाल

0
Shares

शेयर बजार सूचक मापक नेप्सेमा जेठ ४ गते मंगलबार ऐतिहासिक बिन्दुमा पुगेर कारोबारमा समेत रेकर्ड कायम गर्दा मंगलबार ३४ कम्पनीको शेयरमा लगानी गरेकाहरु मालामाल भएका छन् ।

नेप्सेमा सूचक हालसम्मकै उच्च बिन्दु अर्थात ३४.६८ अंक वृद्धि भएर २ हजार ७९३.९० अंकमा पुगेको छ । यसदिन २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर १ लाख १५ हजार ९६१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९१ रुपैयाँ पुगेको छ ।

यसअघिका सबै रेकर्ड तोडिँदै मंगलबार ३४ कम्पनीको शेयरधनीले ९ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् भने १८० कम्पनीको शेयरमूल्य बढ्यो । २२ कम्पनीको मात्र शेयरमूल्य घटेको बजारमा १२ कम्पनीको शेयरमूल्य स्थीर देखियो ।

हेरौं ९ प्रतिशतभन्दा धेरै बढ्ने यी हुन् कम्पनी:-

मंगलबारको बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी,समता घरेलु लघुवित्त, नेशनल हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर, ओरियन्टल होटल्स, सोल्टी होटल्स, कालिका पावर कम्पनी, मिथिला लघुुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, बेस्ट फाइनान्स कम्पनी, घलेम्दी हाइड्रोपावर, नेपाल फाइनान्स, तारागाउँ रिजेन्सी होटल, राधी विधुत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, रुरु जलविधुत परियोजना, यूनाइटेड इदिमर्दी आर बी हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी, प्रोगेशिभ फाइनान्स, बुटवल पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, गुडविल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मल्टिपपर्स फाइनान्स कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, यूनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर कम्पनी, जानकी फाइनान्स, आँखुखोला जलविधुत कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमा लगानी गरेकाले करिब दश प्रतिशतले नाफा आर्जन गरेका हुन् । 

Symbol Last Trade Price  Change % 
As of 2021-05-18 15:00:00
HDHPC 231 10
SMATA 1,551.00 10
NHPC 198 10
SSHL 286 10
OHL 462 10
SHL 209 10
KPCL 396 10
MLBBL 2,244.00 10
BBC 6,996.00 10
BFC 242 10
GHL 231 10
NFS 397 9.97
TRH 320 9.97
RADHI 851 9.95
NHDL 421 9.92
RURU 1,064.00 9.92
UMRH 357 9.85
UPCL 268 9.84
PROFL 268 9.84
BPCL 469 9.84
SPDL 391 9.83
GFCL 347 9.81
RHPC 347 9.81
MPFL 280 9.80
DHPL 214 9.74
UNHPL 237 9.72
KKHC 226 9.71
JFL 306 9.68
AKJCL 227 9.66
PMHPL 284 9.65
SAPDBL 250 9.65
KRBL 239 9.63
JOSHI 229 9.57
AHPC 360 9.42

यसदिन नेपाल टेलिकम, अपर तामाकोशी, शिखर इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८०।८१ लगायत २२ कम्पनीको शेयरमूल्य भने घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।