निर्जीवन बीमा कम्पनीको खुद नाफा साढे ३ अर्ब, तीन कम्पनीको घट्यो

0
Shares

निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा साढे ३ अर्ब खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको नाफा ९.६४ प्रतिशतले बढेको छ । 

सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमासको अवधिसम्ममा ३ अर्ब ४५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आवको यसै अवधिमा कम्पनीहरुले ३ अर्ब १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्सले भने तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

यस अवधिमा १९ कम्पनीमध्ये १६ कम्पनीको नाफा बढेको छ भने तीन कम्पनीको नाफामा गिरावट आएको छ । हिमालयन जनरल, दि ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट आएको हो ।

यस अवधिमा युनाइटेड इन्स्योरेन्सको खुद नाफा सबैभन्दा धेरै ३३५ प्रतिशतले बढेको छ भने जनरल र सानिमा जनर इन्स्योरेन्सले पनि गत आवको तेस्रो त्रैमासको तुलनामा शतप्रतिशत धेरेले नाफा बढाएका छन् ।

शिखरले सबैभन्दा धेरै ३६ करोड ३३ लाख २० हजार नाफा कमाएको छ । कम्पनीको नाफा १ प्रतिशतभन्दा कम बढेको हो ।

S.N.  Non Life Insurance Stock Symbol Net Profit
      2077|078 Q3 2076|077 Q3  Change %
1 United Insurance Company  (Nepal)  UIC 52700.00 12100.00 335.54
2 General Insurance Company Nepal  GIC 63687.00 30695.00 107.48
3 Sanima General Insurance Company  SGI 58170.00 28947.00 100.95
4 IME General Insurance  IGI 188542.00 107535.00 75.33
5 Ajod Insurance Company  AIL 61106.00 35145.00 73.87
6 Sagarmatha Insurance Company  SIC 285461.00 174130.00 63.94
7 Premier Insurance Company  PIC 289620.00 190454.00 52.07
8 Neco Insurance Company  NIL 350922.00 241063.00 45.57
9 Prudential Insurance Company  PICL 127311.00 90613.00 40.50
10 NLG Insurance Company  NLG 212803.00 157374.00 35.22
11 Nepal Insurance  NICL 170122.00 134084.00 26.88
12 Lumbini General Insurance LGIL 137700.00 120400.00 14.37
13 Everest Insurance Company  EIC 148286.00 133341.00 11.21
14 Siddhartha Insurance  SIL 170074.00 160336.00 6.07
15 Prabhu Insurance Company  PRIN 159835.00 152293.00 4.95
16 Shikhar Insurance Company  SICL 363320.00 360509.00 0.78
17 Himalayan General Insurance HGI 91034.00 112574.00 -19.13
18 Oriental Insurance Company  Oriental 251211.00 372558.00 -32.57
19 Rastriya Beema Company  RBCL 270011.00 534391.00 -49.47
  Total   3451915.00 3148542.00 9.64

समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको ४९.४७ प्रतिशत, दि ओरियण्टलको ३२.५७ र हिमालयन जनरलको १९.१३ प्रतिशतले नाफा घटेको हो । गत आवको यसै अवधिमा ५३ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीको नाफा चालु आवको सोही अवधिमा २७ करोड रुपैयाँमा सीमित भएको हो ।

गत आवको तेस्रो त्रैमासमा ३७ करोड २५ लाख नाफा कमाएको ओरियण्टलले चालु आवको तेस्रो त्रैमासमा २५ करोड १२ लाख रुपैयाँ कमाएको छ । ११ करोड २५ लाख नाफा कमाएको हिमालयन जनरलको खुद नाफा ९ करोड रुपैयाँमा सिमित भएको छ ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । शिखर पछि नेको इन्स्योरेन्सले ३५ करोड ९ लाख रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  १६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।