८ हजार २०३ जनामा कोराना संक्रमण, १९६ जनाले ज्यान गुमाए

0
Shares


नेपालमा गत २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल कोरोना संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

मंगलबार पीसीआर विधिबाट २० हजार २८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण गरिएकोमा कुल ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १९६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् ।  यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।