सुनचाँदीको भाउमा बुधबार सामान्य गिरावट

0
Shares


यो साताको सुरुवातदेखि नै बड्न थालेको सुन चाँदीको भाउमा निरन्तरको वृद्धिपछि बुधबार सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको १०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । यस सातायता सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले बढेको थियो ।

साताको पहिलो दिन आइतबारदेखि नै बढ्न थालेको सुनको भाउमा मंगलबारसम्म १ हजार ८०० रुपैयाँले बढेको थियो । तर बुधबार सामान्य घटेको छ ।

महासंघका अनुसार मंगलबारका लागि छापवाला सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ, तेजाववी ९२ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३७० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ, तेजाववी ९२ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुन एकैदिन तोलाको ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।