
शेयर बजार परिसूचक मापक नेप्सेमा लगातार ७ करोबार दिनको वृद्धिपछि बुधबार १३ अंकको करेक्शन आएको छ । बैशाख २६ गते साढे १८ अंक घटेर २६१८ अंकमा रहेको नेप्से मंगलबार २७९३ अंकमा पुगेर बन्द भएको थियो ।
बुधबार प्रि-ओपनिङ्ग सेसनमा नै २२ अंक बढेर २८१६ मा पुगको नेप्से बुधबार ११ मिनेटमा नै २८.३२ अंकसम्म बढेर २८२२.२१ सम्म बढेपनि तीब्र बिक्रीचापका कारण बजारको अन्त्यसम्म तीव्र उतार चढावका बीच १३.०९ अंकले घटेर २७८०.८१ अंकमा झरेर बन्द भएको छ । बुधबार बजारमा ५३ अंकको उतार चढाव देखिएको छ । सुरुवातमा मंगलबारको तुलनामा २८ अंकसम्म बढेर २८२२ अंकसम्म बढेको नेप्से २७६९ अंकसम्म झरेको थियो ।
यस्तै बुधबार कारोबार रकमका आधारमा पनि मंगलबारको तुलनामा ६० करोड धेरै कारोबार हुँदै रकेर्ड कायम भएको छ । बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४१० रुपैयाँको शेयर करोबार भएको हो । यसदिन २१८ कम्पनीका २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर १ लाख ३२ हजार ३६९ वटा संख्यामा कारोबार भएको हो । अघिल्लो दिन मंगलबार ११ अर्ब ३५ करोडको शेयर कारोबार हुँदै रकेर्ड कायम भएकोमा बुधबार उक्त रेकर्ड समेत तोडिएको हो ।
आज कारोबारमा आएका समुहका सूचक मिश्रित देखिएको छ । ८ वटा समुहका सूचक घटेको बजारमा ५ वटाको बढेको छ । जलविद्युतको सूचक सर्वाधिक २.११ प््रतिशतले घटेको छ भने विकास बैंक, निर्जीवन बीमा, उत्पादनमुलक, अन्य र लगानीको सूचक १ प्रतिशत बढीले घटेको छ भने बैंकिङ्ग, ब्यापार, होटल, वित्त र म्युचुअल फण्डको सामान्य सकारात्मक भएको छ ।
बुधबारको बजारमा पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको हो । यसैगरी नेशनल लाइफको ४५ करोड ३४ लाख, नेशनल हाइड्रो ३० करोड ६० लाख, राधी विद्युत कम्पनी २९ करोड ७३ लाख र सगरमाथा इन्स्योरेन्सको २२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
सेञ्चुरी बैंक, एनआईडिसीएल, अरुण काबेली, सिभिल बैंक, र निफ्राको दश ठूलो कारोबार भएको छ । यी कम्पनीको साढे १७ करोडदेखि १९ करोडसम्म कारोबार भएको छ ।
बुधबार कारोबारको अत्यसमा ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन समता लघुवित्त, रुरु जलविद्युत परियोजना, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स, र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्किट लागेको हो ।
राधी विद्युत, युनाइटेड इदिमर्दी, बिशाल बजार कम्पनी, बेष्ट फाइनान्स र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य पनि ४ देखि ८ प्रतिशतसम्म बढेको छ ।
आजको बजारमा ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेर ३२५ रुपैयाँमा झरेको छ भने युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, युनिभर्सल पावर, र रैराङ हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सेन्ट्रल फाइनान्स, शिवश्री हाइड्रोपावर, प्रोगेशिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र कालिका पावरको मूल्य पनि करिब ५ प्रतिशत हाराहारीमा नै घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया