नेपाल प्रहरीले अक्सिजन सिलिन्डडरमा कालोबजारी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट मंगलबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सातदोबाटो बस्ने नुवाकोटका ३९ वर्षीय रामकृष्ण घिमिरे, लगनखेल बस्ने मकवानपुर हेटौंडाका ४२ वर्षीय नबराज खनाल र इमाडोल बस्ने धादिङ गल्छी घर भएका ४२ वर्षीय रामशरण अधिकारी रहेका छन् ।
उनीहरुले बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई प्रतिसिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले उनीहरुका साथबाट अक्सिजन भरिएको सिलिन्डर १ थान, सोही सिलिन्डर विक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिद समेत बरामद गरेको छ ।
उनीहरु उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया