प्रभु सेलेक्ट फण्डको इकाई दुई दिनमा नै सबै बिक्यो

0
Shares

प्रभु सेलेक्ट फण्डको इकाई दोश्रो दिन नै ओभर सब्सक्राइब भएको छ । जेठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाईमा बिहीबरसम्म १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको हो ।

योजना ब्यवस्थापक प्रभु क्यापिटलका अनुसार ४० हजार ५१२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको हो ।

प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको थियो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।

आवेदकको संख्या आवेदन दिएको कित्ता आवेदन दिएको रकम (रु.) थप विवरण
४०,५१०.०० ८,९८,८२,०५०.०० ८९,८८,२०,५००.०० सर्वसाधारणबाट
२.०० १,५०,००,०००.०० १५,००,००,०००.०० बीऊ लगानी
४०,५१२.०० १०,४८,८२,०५०.०० १,०४,८८,२०,५००.०० जम्मा
    १,००,००,००,०००.०० कुल निष्काशन
    १०४.८८ प्रतिशत आवेदन प्राप्त गरेको

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहिबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।