
पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ३०५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार काठमाडौं उपत्यकामा मात्रै ३ हजार २३२ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ । काठमाडौँमा २ हजार ६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जनामा संक्रमण भेटिएको हो ।
संक्रमितध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा र ७ हजार ८१४ जना संक्रमित संस्थागत आईसोलेशन रहेका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ५४३ जना निको भएको छन् । हालसम्म ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया