
नेपालमा शुक्रबार २३ हजार २२६ वटा नमुना परीक्षण गर्दा थप ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी कुल ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ४११ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँमा १ हजार ७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका हुन् ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
शुक्रबारसम्म १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् ।
मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा १७७ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।
बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १९० जनाको मृत्यु भएको थियो भने ६ हजार ५४३ जना संक्रमणमुक्त भएका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया