आइतबार ७ हजार ९ सय बढीमा संक्रमण, १९३ जनाको मृत्यु

0
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ८२१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँमा १ हजार ७६१ जना, भक्तपुरमा ३६६ जना र ललितपुरमा ६९४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको बताए । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा १९३ जनाले ज्यान गुमाएका छन् ।

यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७८, आइतबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।