पछिल्लो २४ घण्टामा ७ हजार ४२५ संक्रमित, १८५ को मृत्यु

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७ हजार २२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशभर १ लाख १५ हजार ४४७ जना संक्रमित रहेको बताए । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार २७६ जना र होम आइसोलेशनमा १ लाख ८ हजार ७१ जना रहेका छन् । त्यस्तै १ हजार ६९७ जना आईसीयूमा उपचारत छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससंगै संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७८, सोमबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।