एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

एनसीसी बैंकको ‘९.५ प्रतिशत एनसीसी ऋणपत्र २०७८’ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको जेठ ९ गतेको निर्णय अनुसार जेठ १० गते बैंकले जारी गरेको ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता इकाई ऋणपत्र नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार उक्त ऋणपत्र सूचीकृत भएको दोस्रो दिन अर्थात मंगलबारदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।

बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । बैंकको डिबेन्चर सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्ने जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।