निषेधाज्ञा सकिएको ७ दिनसम्म ग्राहकबाट कुनैपनि पेनाल्टी नअसुल्न राष्ट्र बैंकको निर्देशन

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकबाट कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई मंगलबार छुट्टाछुट्टै परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई मंगलबार परिपत्र मार्फत कार्यान्वयनमा ल्याइएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।