
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हाल देशभर १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेको बताए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा १६९ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म ६ हजार ७०० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया