कोरोना महामारी रोक्न साउदी अरेबियाले विदेशी यात्रु प्रवेशमा गर्यो यस्तो व्यवस्था

0
Shares

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागी साउदी अरेबियाले उक्त देशमा प्रवेश गर्ने विदेशी यात्रुका लागि नयाँ व्यवस्था जारी गरेको छ ।

उक्त जानकारी रियाद स्थीत नेपाली राजदूतावासले जानकारी दिएको छ।

साउदी सरकारको सम्बन्धित निकाय जनरल अथ्योरिटी फर सिभिल एभियसनले जेठ १० गते अर्थात २४ मे २०२१ बाट लागू हुने गरी साउदी अरब प्रवेश गर्दा पालना गर्ने नियमहरु जारी गरेको हो ।

साउदी  सरकारले साउदी अरबमा प्रवेश गर्दा ८ वर्ष उमेरभन्दा माथीका सबैले आफ्नो ७२ घण्टा अगाडि पीसीआर परीक्षण गरेको रिपोर्ट बोकेको हुनुपर्ने वा सबै डोज पूरा गरेको खोपको प्रमाण पत्र हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै भिजिट भिषामा साउदी जाने व्यक्तिहरुले कोरोना संक्रमणको उपचार समेत कभर गर्ने किसिमको स्वास्थ्य बीमा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

कोभिड विरुद्धको खोपको सबै डोज लगाइसकेकाहरु बाहेक साउदी जाने सबै विदेशी नागरीक ७ दिन अनिवार्य संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था रहेको छ । ७ औं दिनमा गरिने दोस्रो पस्स्आिर रिपोर्ट नेगेटिभ आएर संस्थागत क्वारेन्टिनबाट बाहिर जान सकिने उल्लेख गरिएको छ ।

त्यसैगरी क्वारेन्टिन सम्बन्धी व्यवस्था उलंघन गरे साउदी जान नपाइने गरी फिर्ता पठाइने समेत जारी व्यवस्थामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७८, बुधबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।