राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कास्कीको पोखरा महानगरपालिका ८ नयाँबजारमा रहेको बिध ल्याव प्रलि नामक प्रयोगशालाले सञ्चालन अनुमति नलिएकाले अवैध रहेको जनाएको छ ।
जनस्वास्थ्य ऐन २०७५ को दफा २२ अनुसार गैर सरकारी तथाा निजी स्वास्थ्य संस्थाले तोकिए बमोजिम इजाजत लिएर मात्र स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा सो प्रयोगशाला हालसम्म दर्ता नभएको हुँदा अवैध रहेको जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको हो ।
जनस्वास्थ्य प्रयोगशाला टेकुले उक्त विध ल्यावबाट हुनै परीक्षण अवैध ठहर्ने जानकारी दिँदै सो स्थानबाट पीसीआर लगायत अन्य कुनैपनि परीक्षण नगराउने सर्वसाधारणमा अनुरोध गरेको छ ।
सर्वसाधारणलाई कुनै पनि स्वास्थ्य सेवा लिन जाँदा गुणस्तरीय स्वास्थ्य सेवा पाउने यकिन गर्नका लागि सेवा दिने निकाय प्रचलित नियम अनुसार दर्ता भए नभएको यकिन गरेर मात्र सेवा लिन विभाले सबैमा अनुरोध समेत गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया