सुनको मूल्य बिहीबार ३०० रुपैयाँले सस्तियो, चाँदी पनि घट्यो

0
Shares

सुनको मूल्य बुधबार नेपाली बजार एकैदिन एक हजार रुपैयाँले बढेर यो वर्षकै उच्च मूल्यमा पुगेकोमा बिहीबार भने घटेको छ । सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबारबारको तुलनामा सुन तोलाको ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार २०० रुपैयाँ, तेजावी ९३ हजार ७०० रुपैयाँ रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार छापावाला सुनको प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहिबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।