साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ३२.०१ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ७८४ दशमलव ५९ अंकमा झरेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज १२९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८२ कम्पनीको शेयरमूल्य घटेको भने २५ कम्पनीको शेयरमूल्य मात्र बढेको छ । २२ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा १२९ कम्पनीका ७५ हजार ४५१ कित्ता शेयर ७०५ पटकको संख्यामा कारोबार हुँदा ५ करोड ७८ लाख ६ हजार ८२८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस..

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया