
सनराइज ब्लूचिप फन्डको १२ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सनराइज क्यापिटलको व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने सामूहिक लगानी कोष योजना अन्तर्गतको इकाई बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
सनराइज क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँमा गत चैत १ गतेदेखि ८ गतेसम्म १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । सोही फण्डको इकाई बिहीबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।
बिहीबार सूचीकृत भएसँगै उक्त फण्डको इकाई धितोपत्रको दोस्रो बजारमा आइतबारदेखि खरीद बिक्रीमा आउनेछ ।
नेप्सेले उक्त फण्डको कारोबारका लागि एसबिसिएफ (SBCF) कारोबार संकेत तोकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया