
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी ६ हजार ९३९ नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ भने त्यसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जमसध्ये काठमाडौंका १ हजार ७३८, ललितपुरका ३६४ र भक्तपुरमा २६५ जना रहेका छन् । हाल उपत्यकामा मात्रै १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म ६ हजार ९५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया