.jpg)
समता लघुवित्त वित्तीय संस्था (SAMATA) ले बनेपा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै लघुवित्तले सहयोग उपलब्ध गराएको हो ।
लघुवित्तले बनेपा नगरपालिका भित्र सञ्चालित कोभिड अस्पतालहरुको प्रभावकारी व्यवस्थापनको लागि सामाजिक उत्तरदायित्व बहन गर्दै लघुवित्तले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।
जसअनुसार लघुवित्तले नगरपासलकालाई ५ थान अक्सिजन कन्सन्नट्रेटर, केहि थान थर्मल थर्माेमिटर, सेनिटाइजर, अक्सिमिटर लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
उक्त स्वास्थ्य सामाग्राी संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई हस्तानतरण गरेका हुन् ।
चुक्ता पूँजी २८ करोड ५६ लाख रहेको यस वित्तीय संस्थाको हाल कर्जा लगानी २ अर्व ५८ करोड र निक्षेप ९१ करोड ६० लाख रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया