नेपाल प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा प्रसौनी ६ का २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा नगद २९ लाख ८० हजार रुपैयाँ समेत फेला पारी गुप्तालाई पक्राउ गरेको हो ।
उनीहरु बिहीबार दिउँसो पक्राउ परेका हुन् ।
उनीहरु उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया