नेपालमा कोरोना संक्रमित र मृत्यू हुनेदर घट्यो

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र मृत्युदर घटेको छ । झण्डै दश हजार पुगेको दैनिक संक्रमण पुष्टि ७ हजारभन्दा कममा आएको छ भने दैनिक मृत्यु एक सयभन्दा तल झरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् । यो अहिले सम्म कै संक्रमणमुक्त हुने धेरै संख्या हो । शुक्रबार सहित हालसम्म कोभिड संक्रमण भई ४ लाख २८ हजार ६७० जना निको भएका छन् । 

त्यस्तै केही दिन अघि कोरभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २०० नाघेको थियो । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुको संख्या घटेर ९६ जनामा घटेको छ । जुन शुभ संकेत हो । कोभिड संक्रमणका कारण नेपालमा हालसम्म ७ हजार ४७ जनाले मृत्युवरण गरेका छन् । 

पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ३१३ पीसीआर परीक्षण गरी कुल २० हजार ११० परीक्षणमा ६ हजार ८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६ हजार९५१ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ भने त्यसमध्ये १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।