
विश्वब्यापी महामारीका कोभिड १९ संक्रमणका बीच सरकारले आगामी आर्थिक वर्षमा ६।५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
आव २०७८/७९ का लागि आज सार्वजनिक गरिएको बजेटमा सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप व्यवस्थाबाट परिस्थिति सामान्यतर्फ उन्मुख भई आर्थिक गतिविधि पुरानै लयमा फर्किने विश्वासका आधारमा आर्थिक वृद्धिदर ६.५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको हो ।
कोडिभकै कारण चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान गरिए पनि कोभिडको कारण सो लक्ष्य पूरा नहुने स्वयं अर्थमन्त्रीले नै शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षणका क्रममा बताइसकेका छन् ।यप्दी आगामी आवमा भने सरकारले पुन उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीति दरलाई पनि ६.५ प्रतिशतमा सीमित राख्ने र बजेट कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने बताए ।
उनले अहिलेको प्रतिकूल परिस्थितिमा सरकारले अघि सारेका नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेटको कार्यान्वयनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया