नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रासससँग कुरा गर्दै नेपाल सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए ।

खासमा देश महामारीमा रहेकाले स्वास्थ्योपचार र स्वास्थ्य पूर्वाधारमा बजेटको प्राथमिकता भएको र अरु पनि निजी क्षेत्रले अघि सारेका धेरै कुरा सम्बोधन गर्न खोजिएको उनले । ढकालले भने, “यो विषय परिस्थितिमा निजी क्षेत्र निकै समस्यामा रहेकाले यस क्षेत्रले सरकारसँग राखेका कतिपय माग बजेटमा सम्बोधनको प्रयास भएको छ, तिनको कार्यान्वयन पक्ष अबका दिनमा बलियो हुनुपर्छ ।”
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दश दिन बिदा दिइने, विदेशी पर्यटकलाई एक महिनासम्मका लागि प्रवेशाज्ञा निःशुल्क गर्ने, आयात प्रातिस्थापनका कार्यक्रमलाई बढावा दिने, निर्यातलाई जोड दिने तथा कोभिड –१९ का कारण प्रभावित निजी क्षेत्रलाई सहयोगका कार्यक्रम ल्याइने प्रतिबद्धता सरकारले अघि सारेकाले बजेट सकारात्मक रुपमा नै लिनुपर्ने बताए ।
उनले निजी क्षेत्रका कतिपय सुझावलाई सम्बोधन नै गरिएको र कोभिड प्रभावित क्षेत्रलाई पनि सहयोगका कार्यक्रम ल्याइने भनिएकाले यी सबै पक्षको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उद्योग व्यवसाय क्षेत्रबाट बजेटको स्वागत
आर्थिक वर्ष २०७८ । ७९ को प्रस्तुत बजेटका सम्वन्धमा मोरङका उद्यमी एवं व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले कोरोना महामारी रोकथामका लागि आएको बजेट विनियोजन निकै स्वागतयोग्य र राम्रो पक्ष भएको बताए ।
उनले राजश्व उठाउने लक्ष्य ठूलो भएअनुसार कार्यान्वयन पक्षले बजेट सफल हुने या असफल हुने निर्धारण गर्छ भने ।
यस्तै उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा दुई तहको फरक हुनु पर्छ भन्ने मागलाई एक तहको फरक पर्ने व्यवस्था भएकामा स्वागत गरे ।
नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरेले सुनसरीको अमडुवामा रहेको छ ६५० बिघा जमीनमा आर्थिक क्षेत्र बन्नुपर्छ भनेर उठाइएको माग सम्बोधन भएकामा खुशी व्यक्त गरे । यसैगरी प्रदेशस्तरीय औद्योगिक प्रर्दशनीस्थलमा बजेट आएकामा स्वागतयोग्य छ भने ।
पर्यटन उद्यमी भविष श्रेष्ठले सरकारी कर्मचारीलाई तलबसहित बिदा दिने भनी बजेटमा उल्लेख गरिएबाट आन्तरिक पर्यटन क्षेत्रको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त्त गरे ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले डिजेलमा लाग्दै आएको भ्याट रिफन्ड हुुनु र औद्योगिक व्यवसायिक क्षेत्रलाई बजेटले राम्रोसंँग समेट्न खोजेको धारणा राखे ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया