काठमाण्डौंमा ३०० र अन्य सबै प्रदेशमा ५० शैयाको सरुवा रोग अस्पताल निमार्ण हुने

0
Shares

सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट मार्फत काठमाण्डौ लगायत देशका सबै प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल निमार्ण गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यहि जेठ १५ गते शनिबार आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षभित्र काठमाण्डौ उपत्यकामा ३०० शैयाको र सबै प्रदेशमा ५० शैयाको सुविधा सम्पन्न सरुवा रोग अस्पताल निमार्ण गर्न बताएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री पैडेलले त्यसका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएका थिए ।

त्यस्तै आम नागरिकलाई गुणसतरीय स्वास्थ्य सेवा दिन ३९७ स्थानीय तहमा निमार्ण कार्य थालनी भएका ५, १० र १५ शैयाका अस्पताल २ वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । अस्पताल स्थापना गर्न बाँकी रहेका स्थानीय तहमा आगामी आर्थिक वर्षभित्र निमार्ण कार्य सुरु गरिने छ ।

त्यसका लागि ६ अर्व १५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पौडेलले बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।