कोरोना सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन क्षेत्रमा निरन्तर सुधार

0
Shares

कोरोनाभाइरस महामारीको सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन ९म्यानुफ्याक्चरिङ० क्षेत्रमा मे महिनामा सामान्य सुधार आएको एक सर्भेले देखाएको छ । 
 
औद्योगिक समूह र राष्ट्रिय तथ्याँक निकायले तयार पारेको मासिक पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा चीनको औद्योगिक उत्पादन ५१ विन्दुमा रहेको छ । ५० विन्दुभन्दा माथिको गतिविधिले औद्योगिक उत्पादन वृद्धि भइरहेको सङ्केत गर्दछ । गत अप्रिलमा यो ५१.१ विन्दुमा थियो ।
 
चिनियाँ लजिस्टिक एन्ड पर्चेजिङ महासंघ र राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार उत्पादन र आयात बढेको छ भने सामानको अर्डर र रोजगारी केही घटेको छ । 
 
महासंघले जारी गरेको वक्तव्यमा अर्थशास्त्री झाङ लिकुनले तथ्याँक विश्लेषणबाट “बजार माग अपर्याप्त” रहेको बताए । 
 
चिनियाँ उत्पादकहरुले अन्य मुलुकको तुलनामा सन् २०२० मा आफ्नो अर्थतन्त्र चाँडै खोलेका थिए । 
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।