यो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै एसईईको नतिजा सार्वजनिक हुने

0
Shares

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

कानूनमन्त्री लीलानाथ श्रेष्ठले कोभिड १९ संक्रमणको तीव्र फैलावटका कारण परीक्षा सञ्चालन गर्ने अवस्था नभएपछि गत वर्षजस्तो यो वर्ष पनि आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक निर्णय गरिएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिम पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछ । यसरी प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्ने उनको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७८, मंगलबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।