
शेयर बजार मापक सूचक नेप्से जेठ २४ गते हालसम्मकै उच्च २८२३ बिन्दुमा पुगेर क्रमश वियरिस ट्रेण्डमा झरेको बजारमा कारोबार रकम घट्दै जान थालेको छ । वित्तीय प्रणालीमा तलरलतामा केही दबाब पर्दा बजारमा केही करेक्शन देखिएपछि यसअघि बुलिस बजारमा बढेर आइतबार १७ अर्ब पुगेको कारोबार रकम मंगलबार साढे ८ अर्बमा खुम्चिएको छ ।
नेप्सेमा केही दिन करेक्शन आएपछि समग्र बजार वियरिसतर्फ झर्नसक्ने अवस्था नरहेकाले फेरि पनि बजार बुलिसतर्फ जाने आंकलन गरेका लगानीकर्ताले घट्दो मूल्यमा आफ्नो लगानी बिक्री गर्न नचाँहदाँ कारोबारमा उच्च गिरावट देखिएको हो ।
आइतबार कारोबार रकमका आधारमा १७ अर्ब २ करोडको शेयर कारोबार भई नयाँ रेकर्ड कायम भएकोमा सोमबार नेप्से ४५.२५ अंकले घटेपछि बजारमा कारोबार पनि ३ अर्ब १२ करोडले खुम्चिएर १३ अर्ब ९० करोडमा झरेको थियो । मंगलबार पनि बजारमा दोहोरो अंकको करेक्शन देखा परेपछि सोमबारको तुलनामा मंगलबार एकैदिदन ५ अर्ब ३१ करोडले घटेर ८ अर्ब ५९ करोडमा खुम्चिएको छ ।
नेप्से सूचकमा करेक्शन आउँदै गर्दा बजारमा लगानी गरेका लगानीकर्ताहरुले आफ्नो लगानी सस्तो मूल्यमा बिक्री नगर्न खोज्दा कारोबार रकम दिनप्रतिदिन घट्दै जान थालेको जानकारहरु बताउँछन् । बुलिस बजारमा एकपछि अर्को गर्दै कारोबार रकम ब्रेक हुँदा वियरिस बजारमा कारोबार घट्नुले बजारलाई थप उचाईतर्फ लैजाने उनीहरुको तर्क छ ।
अर्कोतर्फ चालु आवको साढे ११ महिना बितिसकेकाले आर्थिक वर्षको अन्तिम समयमा सरकारी खर्च बढ्दै जाँदा बजारमा प्रयाप्त तरलता आउने हुँदा शेयर बजारलाई सहयोग नै पुग्ने उनीहरुको भनाई छ । असार महिनामा वाणिज्य बैंकहरुको साखै कर्जा लगानी नहुने र ऋण असुलीमा केन्द्रीत हुने भएकाले वर्षको अन्त्यमा बजारमा हरेक वर्ष रौनकता आउने गरेको छ ।
चालु आवको सुरुवातदेखि नै अधिक तरलता बजारमा हुँदा नेप्सेमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आइरहेका छन् । यद्यपी जारी निषेधाज्ञाका कारण बैंकिङ्ग प्रणालीमा जेठ दोस्रो साता वाणिज्य बैंकको निक्षेप ५ अर्बले घटेको छ भने कर्जा लगानी ९ अर्बले बढेको छ । जेठ २० पछि एक साता निषेधाज्ञाको अवधि बढाएनि खुकुलो पार्दै जाने उपत्यकाको प्रमुख जिल्ला अधिकारीको निर्णय गरेका छन् । यसले लगानीको अन्य क्षेत्र संकुचित रहेकाले निक्षेप थपिने भनेको बैंकहरुमा नै हो । हाल बैंकर्स संघले कोरोना संक्रमणकोबीच जारी निषेधाज्ञाको बेला पनि बैंकमा भीड नभएको भन्दै ५० हजारभन्दा कम निक्षेप संकलन गरेको छैन, यसले पनि निक्षेप घट्न सहयोग पुर्याएको छ । निषेधाज्ञा खुकुलो बन्दा बैंकहरुमा निक्षेप थपिने क्रम बढ्नेछ ।

मंगलबार शेयर बजार सूच नेप्से दोहोरो अंक अर्थात ११.६८ अंकले घटेर २७७१.१५ बिन्दुमा बन्द भएको छ । प्रि-ओपनिङ्गमा सकारात्मक भएर पटक पटक बजारले गति लिन खोजेपनि अल्पकालीन लगानीकर्ताको बिक्री चाप खरीदभन्दा ज्यादा पर्दा बजार ऋणात्मक भएर नै बन्द भएको हो । ३१ अंकसम्म घटेको बजार कारोबारको अन्तिम समयमा ११ अंकसम्म घटेर बन्द भएको छ ।
कारोबारमा आएका १३ मध्ये विकास बैंक, फाइनान्स र अन्य बाहेक १० वटै उपसमुहका सूचक ऋणात्मक बन्दा बजार सूचकमा दबाब परेको हो । ब्यापार र होटल तथा टुरिजमको इनडेक्स २ प्रतिशत धेरैले घट्दा बाँकी समुहका सूचक १ प्रतिशतभन्दा कमले घट-बढ भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन कूल २१६ वटा कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर ९८ हजार ६०७ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ पुगेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार
मंगलबारको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ लाख ५४ हजार ६९७ कित्ता शेयर १६३१ रुपैयाँको दरमा अन्तिम पटक कारोबार हुँदा कुल कारोबार रकम ५७ करोड ८ लाख १५ हजार रूपैयाँ पुगेको छ ।
लुम्बिनी विकास बैंकको ३० करोड ३३ लाख, राधी विद्युत कम्पनीको २३ करोड ३५ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ५१ लाख, र एशियन लाइफको १६ करोड ३७ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।
यस्तै ज्योति विकास बैंक, अरुण काबेली पावर, एचआईडिसीएल, निफ्रा र चिलिमे जलविद्युत कम्पनीको पनि १५ करोडको शेयर कारोबारमा आयो ।
| Symbol | Turnover | Closing Price | |
|---|---|---|---|
| As of 2021-06-01 15:00:00 | |||
| NRIC | 570,815,782.00 | 1,631.00 | |
| LBBL | 303,378,453.00 | 433.00 | |
| RADHI | 233,554,570.00 | 1,300.00 | |
| UMHL | 165,118,254.00 | 334.00 | |
| ALICL | 163,740,717.00 | 1,476.00 | |
| JBBL | 159,374,657.00 | 371.00 | |
| AKPL | 157,913,750.00 | 434.00 | |
| HIDCL | 152,513,256.00 | 558.00 | |
| NIFRA | 150,125,522.00 | 524.00 | |
| CHCL | 143,562,535.00 | 707.00 | |
कालिका पावरको मूल्यमा सकारात्मक सर्किट
यसदिनको बजारमा कालिका पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीके मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५१ रुपैयाँ पुगेको हो ।
यसैगरी लुम्बिनी विकास बैंकको मूल्य ८.२५ प्रतिशत, समीट लघुवित्तको ७.८७, महालक्ष्मी विकास बंैक ५.४३, नेपाल रि इन्स्योरेन्स कम्पनीको ४.६२, गोर्खाज फाइनान्स ४.५६, नारायणी डेभलपमेन्ट बैक ३.८४, राधी विद्युत कम्पनी ३.५०, लक्ष्मी इक्वीटी फन्डको २.७६ र जानकी फाइनान्सको २.६४ प्रतिशतले मूल्य बढेको छ ।
| Symbol | LTP | Point Change | % Change |
| As of 2021-06-01 15:00:00 | |||
| KPCL | 451.00 | 41.00 | 10.00 |
| LBBL | 433.00 | 33.00 | 8.25 |
| SMFDB | 1,850.00 | 135.00 | 7.87 |
| MLBL | 369.00 | 19.00 | 5.43 |
| NRIC | 1,631.00 | 72.00 | 4.62 |
| GUFL | 826.00 | 36.00 | 4.56 |
| NABBC | 811.00 | 30.00 | 3.84 |
| RADHI | 1,300.00 | 44.00 | 3.50 |
| LEMF | 13.05 | 0.35 | 2.76 |
| JFL | 350.00 | 9.00 | 2.64 |
दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए
मंगलबारको बजारमा दिव्यश्वरी हाइड्रोपावरको शेयरमा लगानी गरेकाले सर्वाधिक ५.०२ प्रतिशतले नोक्सानी ब्यहोरेका छन् । कम्पनीको शेयरमूल्य १३ रुपैयाँ घटेर प्रतिकित्ता २४६ मा झरेको हो ।
यसैगरी खानीखोला हाइड्रोपावरको ४.२१ प्रतिशत, जोशी हाइड्रोपावर कम्पनीको ४.१७, आँखुखोला जलविधुतको ४.१२, माउन्टेन हाइड्रो नेपाल ३.६१, घलेम्दी हाइड्रोपावर ३.६०, युनियन हाइड्रोपावर ३.३८, सोल्टी होटल ३.३३, सानिमा माई हाइड्रोपावर ३.१६ र सेन्ट्रल फाइनान्सको मूल्य ३.१० प्रतिशतले घटेको छ ।
| Symbol | LTP | Point Change | % Change |
|---|---|---|---|
| As of 2021-06-01 15:00:00 | |||
| DHPL | 246.00 | -13.00 | -5.02 |
| JOSHI | 253.00 | -11.00 | -4.17 |
| AKJCL | 256.00 | -11.00 | -4.12 |
| KKHC | 251.00 | -10.00 | -3.83 |
| GHL | 268.00 | -10.00 | -3.60 |
| UNHPL | 257.00 | -9.00 | -3.38 |
| SHL | 232.00 | -8.00 | -3.33 |
| MHNL | 348.00 | -12.00 | -3.33 |
| SHPC | 460.00 | -15.00 | -3.16 |
| CFCL | 344.00 | -11.00 | -3.10 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया