पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना संक्रमित, ६८ को मृत्यु

0
Shares

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये सक्रिय संक्रमित १ लाख ४ हजार ७८९ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमणका कारण नेपालमा हालसम्म ७ हजार ४५४ जनाले मृत्युवरण गरेका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमण मुक्त बनेका छन् । हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको मन्त्रालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७८, मंगलबार  १७ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।