सुनको मूल्य बुधबार स्थीर, चाँदी भने घट्यो

0
Shares

साताको सुरुवात देखि नै निरन्तर उकालो लागेको सुनको मूल्य बुधबार भने स्थीर बनेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार स्थीर बनेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३६० रुपैयाँ कायम गरिएको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदी तोलाको १० रुपैयाँले घटेको हो । मंगलबार सुनको कारोबार सोही मूल्य भएपनि चाँदी भने प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७८, बुधबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।