
सरकारले जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई कोभिड विरुद्ध खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ २५ गते देखि ६० देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको देशव्यापी खोप अभियान सुरु गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अभियानमा चीन सरकारबाट अनुदानमा प्राप्त भेरोसेल खोप देशभरका जेष्ठ नागरिकलाई दिइनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट खोप प्राप्त भएपछि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको बताए। उजका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको छ ।
प्रवक्ता डा. पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताए । उनले ज्येष्ठ नागरिकसँग चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका लागि पनि खोप दिइने जानकारी दिए । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसङ्ख्या रहेको छ ।
मन्त्रालयका अनुसार खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानुपर्नेछ । सम्बन्धीत जिल्ला स्थित कोभिड १९ सोप समन्वय तथा अनुगमन समितिले निर्धारण गरेको नजिकैको खोप केन्द्रमा गई खोप लागाउन सकिने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिनअघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको हो ।
नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् । अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया